लुम्बिनी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र

बुटवल, रुपन्देही

पृठभुमी

नेपालको संविधान २०७२ अनुसार देशमा संघीयताकार्यान्वयन गर्ने उदेश्य अनुरुप संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको राजनीतिक तथा प्रशासनिक ईकाइहरु रहने व्यवस्था अनुसार लुम्बिनी प्रदेश, स्वास्थ्य मन्त्रालय मातहत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बुटवलको स्थापना भई सेवा संचालन गर्दै आईरहेको छ । यस केन्द्रको कार्य क्षेत्र लुम्बिनी प्रदेश अन्तर्गतका सम्पूर्ण १२ जिल्लाहरु रहेका छन्।

 

कुल १२ जिल्ला समावेश भएको लुम्बिनी प्रदेश अन्तर्गत तराईमा ६, पहाडमा ५ र हिमालमा १ गरी १२ जिल्ला रहेका छन्। प्रशासनिक एकाईका रूपमा १०९ स्थानीय तह रहेको यस प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका, ७३ गाउँपालिका र ९८३ वडा रहेका छन्।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र (PHLMC) २०७५ साल चैत १३ गते (आ.व. 2०७५/0७६) मा लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत स्थापना भएको हो। यस केन्द्रले प्रदेश सरकार अन्तर्गतका अस्पतालहरू र स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूका लागि स्वास्थ्य सामग्रीहरू, खोप, बायोमेडिकल उपकरकणहरू, स्वास्थ्य परीक्षण किटहरू र आयुर्वेदिक औषधीहरूको खरिद, भण्डारण र वितरणको जिम्मेवारी वहन गर्दछ। लुम्बिनी प्रदेशमा यस केन्द्रले १२ जिल्लाका स्वास्थ्य कार्यालयहरू मार्फत यी कार्यहरू सञ्चालन गर्दछ। यस केन्द्रले आधारभूत स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रवर्द्धनमा सहयोग, LMIS प्रणालीलाई सुदृढीकरण, बायोमेडिकल उपकरणहरूको मर्मत र संम्भार, खोप र कोल्ड चेन उपकरणहरू र सामग्रीहरूको प्रभावकारी व्यवस्थापनमा संलग्न रहेको छ।

यस केन्द्रले संघीय, प्रादेशिक र जिल्ला स्तरका औषधी स्टोरहरू र स्थानीय तहका औषधी स्टोरहरूको सञ्जाल निर्माण गर्दछ र e-LMIS डाटा र जिन्सी व्यवस्थापन प्रणालीको विश्लेषणको आधारमा प्रमाणमा आधारित निर्णय लिन प्रोत्साहन गर्दछ। केन्द्रले आधारभूत स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रवर्द्धनमा सहयोग, विभिन्न स्तरहरूका लागि सार्वजनिक खरिद प्रणाली अनुसार खरिद प्रक्रिया अगाडी बढाउने, LMIS प्रणालीलाई सुदृढीकरण, बायोमेडिकल उपकरणहरूको मर्मत र संम्भार, खोप र कोल्ड चेन उपकरणहरू र सामग्रीहरूको प्रभावकारी व्यवस्थापनमा संलग्न छ।

उद्देश्यहरु

  • प्रदेशमा विभिन्न स्वास्थ्य संस्थाहरुमा औषधी, औजार उपकरण र अन्य सामग्रीको आपूर्ति सुनिश्चित गर्ने।
  • औषधी तथा स्वास्थ्य उपकरणहरुको पूर्वानुमान, खरिद, भण्डारण र वितरण गर्ने।
  • औषधी तथा खोपको गुणस्तर ह्रास नहुने गरी तोकिएको तापक्रम तथा निर्देशन बमोजिम भण्डारण गर्ने।
  • आकस्मिक तथा विषम परिस्थितिको बखतमा पनि आपूर्तिलाई सहज बनाउने।

  •