
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, लुम्बिनी प्रदेशको संगठन संरचना
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको सँगठन संरचना अनुसार ३ वटा शाखाहरु रहेका छन्।
१. योजना अनुगमन तथा खरिद शाखाको जिम्मेवारी
- खरिद सम्बन्धी कार्यहरु जस्तै खरिद गुरुयोजना तयार गर्ने, वार्षिक खरिद योजना तयार गर्ने, समन्वय गर्ने, लागत अनुमान तयार गर्ने, खरिद माग संकलन गरी स्वीकृतिको लागि केन्द्रका निर्देशक समक्ष पेश गर्ने।
- बोलपत्र सम्बन्धी कामजात तयार गर्ने, बोलपत्रको प्रक्रिया सञ्चालन गर्ने, सूचना प्रकाशन गर्ने, बोलपत्र सुरक्षित गर्ने, पूर्व योग्यता तोक्ने, खरिद समय तालिका तयार गर्ने।
- बोलपत्र परीक्षण र मूल्याङ्कन प्रतिवेदन तयार गर्ने र स्वीकृतिको लागि पेश गर्ने।
- खरिद आदेश तथा खरिद सम्झौता व्यवस्थापन गर्ने।
- सामान आपूर्ति आदेश गर्ने, आपूर्ति पूर्व गुणस्तर सुनिश्चित गर्ने, स्टोर दाखिला प्रतिवेदन पेश गर्ने।
- भुक्तानीको लागि सिफारिस गर्ने तथा म्याद थप, कार्य सम्पादन र जमानतको अभिलेख राख्ने।
2.1 भण्डार तथा वितरण
- खरिद गरिने औषधीजन्य सामग्री तथा उपकरणको परिमाण प्रक्षेपण र निर्धारण गर्ने।
- खरिद भई आएका औषधीजन्य सामग्री तथा उपकरणहरु नियमानुसार स्टोर दाखिला गर्ने।
- केन्द्रबाट प्राप्त भएको खोपको भण्डारण तथा वितरण गर्ने।
- आवश्यकता अनुसार यस केन्द्रबाट प्रदेश अन्तर्गतका स्वास्थ्य कार्यालयहरु तथा अस्पतालहरुमा औषधीजन्य सामग्री तथा उपकरणहरु हस्तान्तरण गर्ने र सो को अभिलेख राख्ने।
- अधिकतम मौज्दात स्तर (ASL) र आकस्मिक माग बिन्दु (EOP) अनुसार औषधीजन्य सामग्री तथा उपकरणको भण्डारण गर्ने।
- त्रैमासिक रुपमा भौतिक मौज्दात गणना गरी प्रतिवेदन तयार गर्ने, पाइपलाइनमा रहेका औषधीजन्य सामग्री तथा उपकरणहरुको अनुगमन, जगेडा मौज्दात राख्ने तथा सामग्रीको उपलब्धता सुनिश्चित गर्ने।
- औषधीजन्य सामग्री तथा उपकरणहरुको अनुगमन तथा सुपरिवेक्षण, अभिलेख तथा रिपोर्टिङ गर्ने।
2.2 प्राविधिक सहयोग
- खरिद गरिने औषधीजन्य सामग्री तथा उपकरणहरुको गुणस्तर सुनिश्चितता गर्न प्राविधिक विवरण (स्पेसिफिकेशन) तयार गर्ने।
- बोलपत्रको प्राविधिक परीक्षण गर्ने, परीक्षणका क्रममा कुनै कुरा बुझ्न आवश्यक ठानेमा बोलपत्रदातालाई सोधपुछ गर्ने।
- खरिद भई आएका औषधीजन्य सामग्री तथा उपकरणहरु तोकिएको प्राविधिक (स्पेसिफिकेशन) बमोजिम भए नभएको निरीक्षण गरी प्रतिवेदन गर्ने।
- बायोमेडिकल उपकरणहरुको आवश्यकता अनुसार मर्मत संभार गर्ने।
- सस्थागत रुपमा बायोमेडिकल उपकरणहरुको प्रोफाईल तयार गर्ने।
3.1 प्रशासन शाखा
- प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कर्मचारीहरूको हाजिर तथा विदा व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
- केन्द्रका कर्मचारीहरूको व्यक्तिगत विवरण अध्यावधिक गर्ने, पत्र दर्ता, चलानी सम्बन्धी कार्य गर्ने।
- केन्द्रको भवनको सुरक्षा, सरसफाई, बत्ती, पानी तथा टेलिफोनको प्रवन्ध लगायत आन्तरिक प्रशासन सम्बन्धी अन्य कार्य गर्ने।
- केन्द्रका कामका सिलसिलामा आईपर्ने अन्य प्रशासनिक कार्यहरू गर्ने।
3.2 लेखा शाखा
- खरिद गुरुयोजना र वार्षिक खरिद योजना तयार गर्न लेखा सम्बन्धी प्राविधिक सहयोग गर्ने।
- बोलपत्र परीक्षण तथा मूल्याङ्कन समितिको सदस्य भई कार्य गर्ने।
- सामान आपूर्ति भई स्टोर दाखिला प्रतिवेदन र रकम भुक्तानीको लागि सिफारिस प्राप्त भएपछि नियमानुसार भुक्तानी दिने तथा कार्यालयको लेखा सम्बन्धी सम्पूर्ण कार्यहरू गर्ने।