प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र (PHLMC) २०७५ साल चैत १३ गते (आ.व. २०७५/०७६) मा लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत स्थापना भएको हो। यस केन्द्रले प्रदेश सरकार अन्तर्गतका अस्पतालहरू र स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूका लागि स्वास्थ्य सामग्रीहरू, खोप, बायोमेडिकल उपकरकणहरू, स्वास्थ्य परीक्षण किटहरू र आयुर्वेदिक औषधीहरूको खरिद, भण्डारण र वितरणको जिम्मेवारी वहन गर्दछ। लुम्बिनी प्रदेशमा यस केन्द्रले १२ जिल्लाका स्वास्थ्य कार्यालयहरू मार्फत यी कार्यहरू सञ्चालन गर्दछ। यस केन्द्रले आधारभूत स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रवर्द्धनमा सहयोग, LMIS प्रणालीलाई सुदृढीकरण, बायोमेडिकल उपकरणहरूको मर्मत र संम्भार, खोप र कोल्ड चेन उपकरणहरू र सामग्रीहरूको प्रभावकारी व्यवस्थापनमा संलग्न रहेको छ।
यस केन्द्रले संघीय, प्रादेशिक र जिल्ला स्तरका औषधी स्टोरहरू र स्थानीय तहका औषधी स्टोरहरूको सञ्जाल निर्माण गर्दछ र e-LMIS डाटा र जिन्सी व्यवस्थापन प्रणालीको विश्लेषणको आधारमा प्रमाणमा आधारित निर्णय लिन प्रोत्साहन गर्दछ। केन्द्रले आधारभूत स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रवर्द्धनमा सहयोग, विभिन्न स्तरहरूका लागि सार्वजनिक खरिद प्रणाली अनुसार खरिद प्रक्रिया अगाडी बढाउने, LMIS प्रणालीलाई सुदृढीकरण, बायोमेडिकल उपकरणहरूको मर्मत र संम्भार, खोप र कोल्ड चेन उपकरणहरू र सामग्रीहरूको प्रभावकारी व्यवस्थापनमा संलग्न छ।